सुचना, समाचार र मनोरन्जन

पोखरा ट्रेड मलको १४ औं वार्षिकोत्सव: साउन २२ देखि तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ हुने

पोखरा, 
पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गास्थित प्रमुख व्यापारिक केन्द्र ‘पोखरा ट्रेड मल्ल एण्ड हाउजिङ प्रा.लि.’ ले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ आयोजना गर्ने भएको छ । मलले साउन २२ गतेदेखि २४ गतेसम्म विशेष उत्सवका साथ फेस्टिभल आयोजना गर्न लागेको हो ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मलका अध्यक्ष दिपक कुमार मुल्मीले व्यवसायीहरूसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

फेस्टिभलका मुख्य आकर्षणहरू

विशेष छुट र सेल अफर: मलमा रहेका विभिन्न प्रतिष्ठित ब्राण्ड तथा व्यवसायीहरूले तीनै दिन ग्राहकहरूका लागि विशेष डिस्काउण्ट र आकर्षक सेल अफरहरू सञ्चालन गर्नेछन् ।

सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम: मेला अवधिभर चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन् ।

फुड कोर्ट: आकर्षक रूपमा सञ्चालन गरिने फुड कोर्टमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका स्वादिष्ट परिकारहरूको स्वाद लिन पाइनेछ ।

सामाजिक उत्तरदायित्वलाई निरन्तरता
मलले स्थापनाकाल देखि नै प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ । यस वर्ष पनि विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण र उत्कृष्ट व्यवसायी सम्मान जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने विज्ञप्तिमा उल्लेख छ ।

भूकम्प प्रतिरोधी प्रविधि र आधुनिक सुरक्षा उपकरणसहित २०७२ साल असोज २६ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस मलमा हाल ५०० भन्दा बढी व्यावसायिक सटरहरू सञ्चालनमा छन् ।

अध्यक्ष मुल्मीले यस फेष्टिवलले ग्राहक, व्यवसायी र मनोरञ्जन क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, यसले स्थानीय व्यापार प्रवर्धन, बजारलाई चलायमान बनाउन र आन्तरिक एवं बाह्य पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । मलले सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा व्यवसायीहरूलाई फेस्टिभलमा सहभागी भई अवलोकन गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.