सुचना, समाचार र मनोरन्जन

गायक राई यूएईको कार्यक्रम सम्पन्न भएलगतै यूकेको तयारीमा

काठमाडौं :

दक्षिण कोरिया, हङकङको कार्यक्रमबाट फर्केलगतै स्थानीय साँस्कृतिक कार्यक्रममा व्यस्त रहदै आएका चर्चित गायक पदम राई आफ्नो साँगीतिक प्रस्तुतिको लागि यतिबेला युएई पुगेका छन्।

किरात राई यायोक्खा शाखा, युएईको आयोजना येलेदोङ ५०८४ बृहत साँस्कृतिक कार्यक्रममा गायक राईले आफ्ना दर्जनौ हिट गीत गाएर उपस्थित पाहुनाहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने यूएईको आब्रा बरदुबईको ब्लुप्यालेस होटलमा कार्यक्रम सम्पन्न भएको थियो ।

लगतै यूकेमा हुने सांगीतिक कार्यक्रमको तयारीमा रहेका नेपालबाट द भ्वाईस अफ नेपाल सिजन ४ का सेमिफाइनलिस्ट चर्चित गायक पदम राईका साथमा स्थानीय कलाकार सविना वान्तवा, आरडि चाम्स, आस्था चाम्लिङ, डिके किराती, प्रशन्ना वान्तवा, राजन पुमा राई, काजल राई, शर्मिला सिग्देल, सन्तोष राई लगायतको प्रस्तुति रहेको थियो । किरात राई यायोक्खा शाखा युएईका संस्थापक संरक्षक सल्लाहकार मुक्ति राई, चन्द्रा साम्पाङ लगायतका व्यक्तित्वहरुको कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.