सुचना, समाचार र मनोरन्जन

एमालेले विघटित संसद् पुनर्स्थापनाको माग राखेर एमाले अगाडि बढ्ने

काठमाडौँ,

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापनाको माग राखेर अगाडि बढ्ने बताएका छन् । भक्तपुरस्थित गुण्डुमा बिहीबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।

‘देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अगाडि बढ्ने छ । अरू पार्टीहरू पनि यही बाटोमा अगाडि बढ्ने छन्’, उनले भने ।

ओलीले जेनजी विद्रोहलाई भुईँफुट्टा तत्त्व निकालेर शासनका कुरा गरेको भन्दै आपत्ति जनाए । साथै देशलाई संवैधानिक प्रणालीमा ल्याउन अर्को बाटो नभएको उनले जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.