सुचना, समाचार र मनोरन्जन

१४ औं संस्करणको पोखरा महोत्सव पुष २९ देखि माघ ११ सम्म

युनाइटेड क्लब पोखराको १६ औं साधारण सभा सम्पन्न

पोखरा,

युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको १६ औं साधारण सभाले १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने गरि मिति तोकेको हो ।

हालै सम्पन्न साधारण सभामा वोल्दै युनाइटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक कामका लागि पोखरा महोत्सवलाई निरन्तरता दिदै आइरहेको र आगामी १४ औं संस्करणको पोखरा महोत्सवमा समेत सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

सामाजिक क्षेत्रमा काम गर्दै आइरहदा संघर्ष र चुनौतिहरु थपिदै गइरहको बताउदै संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लब पोखरालाई राष्ट्रिय स्तरको क्लव बनाउनतर्फ अहिलेका पदाधिकारीहरु लाग्नुपर्नेमा जोड दिए । साथै क्लबले हाल आफ्नै जग्गा रहेको स्थान लेखनाथको अर्चलेमा आवासिय छात्राबास निर्माणको काम तीब्र गतिमा अगाडी वढिरहेको र आगामी वर्ष ५ जना छात्राहरु राखेर छात्राबासको सुरुवात गर्ने बताए ।

युनाइटेड क्लव पोखराका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लब १६ वर्षमा प्रवेश गर्दै गर्दा आगामी दिनमा शिक्षा क्षेत्रलाई अगाडी बढाउदै आवाशिय छात्राबास निर्माणलाई नै जोड दिनुपर्ने धारणा राखे । सामाजिक कामकै कारण युनाइटेड क्लबको पहिचान भएकाले क्लबले लिएको उद्देश्य समेत बिस्तारै साकार हुदै गएको उनको भनाइ रहेको थियो ।

युनाइटेड क्लबका परिकल्पनाकार आनन्द थापाले अमरसिंह वरपरका युवाहरुलाई समेटेर स्थापना भएको युनाइटेड क्लब आज सम्म आइपुग्दा क्लबका परिकल्पनाकारहरुको उद्देश्य अनुरुप वढेकोमा क्लबका स्थापना कालदेखि वर्तमान अध्यक्षहरु प्रति धन्यवाद ब्यक्त गरे । आफुले १६ वर्ष अगाडी देखेको सपना बिस्तारै साकार हुदै गएको उनको भनाइ रहेको थियो । स्थापना कालमा भएका चुनौतीपूर्ण दिनहरुकै कारण आज युनाइटेड क्लबले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै परिकल्पनाकार थापाले कुनैपनि उद्देश्य प्राप्तिका लागि समय पर्खनुपर्ने धारणा राखे ।

साधारण सभामा क्लबका अध्यक्ष लोक बहादुर थापाले अध्यक्षको प्रतिवेदन, महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जयराम आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा बोल्दै युनाइटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लब १६ वर्षमा लाग्दै गर्दा सम्पूर्णको साथ र सहयोग नै मुख्य भएकाले आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भब्यताका साथ सम्पन्न गर्नका लागि समेत सम्पूर्ण आजीवन सदस्य, सदस्य, कार्यसमिति सदस्य तथा पदाधिकारी र क्लबका शुभचिन्तकहरुलाई आग्रह समेत गरे । युनाइटेड क्लब पोखराले आयोजना गर्ने पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएको र पोखरा महोत्सवकै आम्दानीबाटनै क्लबले सामाजिक काम गर्दै आइरहेकाले १४ आंै संस्करणको पोखरा महोत्सवमा समेत अघिल्ला संस्करणको महोत्सव जस्तै भब्य र सभ्य बन्ने समेत उनको भनाइ रहेको थियो ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.