सुचना, समाचार र मनोरन्जन

जापानको अन्तर्राष्टिय क्रिकेट ग्राउण्डमा सेभेन सामुराई युनाइटेड प्रिमियर लिग हुने

पोखरा/

चैत  ९ र १० गते जापानको सिजुओका स्थित फुजी अन्तर्राष्टिय क्रिकेट ग्राउण्डमा सेभेन सामुराई युनाइटेड प्रिमियर लिग आयोजना हुने भएको छ।

पहिलो संस्करणको यो खेलमा जापानमा रहेका नेपाली ८ क्लबले सहभागिता जनाउदै छन्। यस प्रतियोगितामा विजयी टोलीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो स्थान हासिल गर्ने टोलीले २५ हजार येन नगद, ट्रफी, र मेडल प्राप्त गर्नेछ, भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ९ हजार ९ सय ९९ येन नगद, ट्रफी, र मेडल जित्नेछ। तेस्रो स्थानमा रहने टोलीलाई विशेष मेडल प्रदान गरिनेछ।भने यो लिगको टाइटल स्पोन्सर सेभेन समुराई इन्टरनेशनल रहेको छ।

नेपालमा क्रिकेटले माहोल लिइरहेको बेला जापानमा बस्दै आइरहेका नेपालीहरु बाट आत्मीयता बढ्दै जाने अनि विदेशमा रहेका नेपालीहरुको प्रतिभा प्रस्फुटन गर्ने हेतुले यो प्रतियोगिता गर्न लागिएको आयोजक कमिटीका सागर सिंह ठकुरीले जानाकारी दिनुभएको छ।

हरेक वर्ष हुँदै आएको जापान कपको पूर्व सन्ध्यामा हुन लागेको यो प्रतियोगीताले नेपाली टिमहरु बीच अभ्यासको मौका मिलेको शिजुओका युनाइटेड क्रिकेट क्लबका कप्तान राजेन्द्र राज गुरुले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.