सुचना, समाचार र मनोरन्जन

‘ऊनको स्वीटर’हेर्न हलमा दर्शकको भिड

काठमाडौं :

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’मा दर्शकको उत्साह बढेको छ। बैशाख महिना सुरु भएयता नेपाली फिल्मको व्यापारमा ‘ऊनको स्वीटर’ले उदेकलाग्दो व्यापार गर्न थालेको छ।

शुक्रबार फिल्मको देशव्यापी अकुपेन्सी ६० प्रतिशत हाराहारी रहेको देखिन्छ। पहिलो दिनको अकुपेन्सीलाई मध्यनजर गरेर देशभरका कतिपय हलहरुले शनिबारका लागि शो सङ्ख्या समेत बढाएका छन्। यतिबेला यो फिल्मको देशव्यापी शो तीन सय हाराहारी पुगेको छ। यो फिल्मको गीत ‘काफ्ले’ले प्रदर्शन अगावैदेखि चर्चामा रहेको छ।

यतिबेला फिल्मका निर्देशक नवीन चौहानदेखि मुख्य कलाकारहरु विपिन कार्की, मिरुना मगर,वेल्सन बिक्रम राई,परीक्षा लिम्बू र एलेक्स पारसले हल–हलमा दर्शकसँग साक्षात्कार गरिरहेका छन्। निर्देशक चौहान स्वयंको लेखन रहेको फिल्ममा विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको पनि अभिनय छ। वितरक गोविन्द शाहीका अनुसार शनिबार बिहानैदेखि देशभर फिल्म हाउसफुल भइरहेको छ।

Leave A Reply

Your email address will not be published.