सुचना, समाचार र मनोरन्जन
IVF New Banner

भदौ ३० गते मुस्ताङको लोमन्थाङ्गमा गल्फ प्रतियोगिता हुँदै

पोखरा ।

मुस्ताङ जिल्लाको लोमन्थाङ्गमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ ३० गते दोस्रो गल्फ प्रतियोगिता हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । मुस्ताङ गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन र प्रतियोगितालाई विश्व स्तरमा प्रचारप्रसार गर्न कार्यक्रमको आयोजना गरिएको गल्फ संघ तदर्थ समिति गण्डकी प्रदेशका अध्यक्ष इन्द्रधारा बिष्टले उल्लेख गरे ।

लोमन्थाङ्ग गाउँपालिकाको आयोजनामा हुने प्रतियोगितामा पोखरा, काठमाडौं, धरान र बुटवलका ४० खेलाडीहरुको सहभागिता रहने उनले बताए । गण्डकी प्रदेशका पूर्व सांसद समेत रहेका बिष्टले अहिले राष्ट्रिय स्तरका खेलाडीहरुलाई समावेश गरिएको भएता पनि आगामी समयमा विदेशी खेलाडीहरुलाई समेत सहभागी गराउने लक्ष्य रहेको बताए ।

गल्फ प्रतियोगिता मार्फत गल्फमा रुची राख्ने पर्यटकलाई आकर्षण गर्ने र देशको पर्यटन उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा उनको छ । प्रतियोगिता ९ होलमा ३/४ ह्याण्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइने उनले बताए ।

Exchange and test
गल्फ प्रतियोगिताका विषयमा जानकारी गराउँदै इन्द्रधारा बिष्ट

प्रतियोगितामा विजेतालाई पुरस्कारको व्यवस्था गरिएको छ । विजेता सँगै उपविजेता, महिला विजेता, बेष्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ र बर्डीजलाई समेत पुरस्कार दिइने उनले बताए ।

‘नेपाल अहिले अग्लो हिमाल मात्र नभई विश्वकै अग्लो उचाइमा रहेको गल्फ कोर्स भएको भूमिका रुपमा पनि स्थापित भएको छ । सुमन्द्र सतहबाट ४६४५ मिटर (१५२३९.५ फिट) उचाइमा रहेको लोमन्थाङ्गमा मुस्ताङ गल्फ कोर्स निर्माण गरेर गल्फ खेलको सफल परीक्षण समेत भैसकेको छ ।’, उनले भने ।

भारतको पूर्वी सिक्किमको कु—पुपमा ३९७० मिटर उचाइमा रहेको याक गल्फ कोर्सको किर्तिमानलाई तोड्दै विश्वको सबैभन्दा उच्च उचाईमा रहेको गल्फ कोर्सको रुपमा स्थापित गर्ने लक्ष्यका साथ आफुहरु अगाडि बढीरहको उनले उल्लेख गरे । अपर मुस्ताङमा गल्फ प्रतियोगितालाई निरन्तर गर्ने योजनाका साथ बिष्ट लागिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.