काठमाडौं :
अमेरिका,इजरायल र इरानबीचको द्धन्द्धमा फसेकी भारतिय अभिनेत्री उर्वशी रौतेला स्वदेश फर्किएकी छन्। केहि दिनअघि तनावकाबीच आफु बसिरहेको भन्दै सामाजिक सञ्जालमार्फत छिटो उद्धार गर्न अनुरोध गरेकी थिइन्। तर उनको सुनाई नभएपछि रुँदै बसेको उल्लेख गरेकी थिइन्।
अन्ततः उनी कुवेत हुँदै भारत फर्किएकी छन्। उर्वशीले सामाजिक सञ्जालमार्फत आफु स्वदेश फर्किएको र त्यहाँ रहँदा क्षण सेयर गरेकी छन्।
उनका अनुसार उनी उडानमा चढ्दासम्म सबै ठीकठाक थियो तर आफ्नो सिटमा बसेपछि अचानक नर्भस भइन्। त्यतिबेला असुरक्षित र चिन्तित महसूस गरेकोले आफ्ना प्रशंसकलाई प्रार्थनाको लागि अपील गरिन्। जुन बेला उनी कुवेत विमानस्थलको अवस्था निकै तनावपूर्ण थियो।
स्वदेश फर्किएपछि उनले कठिन परिस्थितिमा यात्रुलाई सहयोग गर्ने स्थानीय अधिकारी र विमानस्थलका कर्मचारीलाई पनि धन्यवाद दिइन्।
एक साताअघिबाट इरान, अमेरिका र इजरायलबीचबीचको लडाइँले मध्यपूर्वको अवस्था तनावपूर्ण छ। विभिन्नस्थानमा उनीहरुले एकअर्कालाई क्षेप्यास्त्र आक्रमण गरिरहेका छन्। यसैबीच अधिकांश देशका नागरिकहरु स्वदेश फर्कन थालेका छन्। त्यसमा भारतिय अभिनेत्रीउर्वशी रौतेला व्यावसायिक कामको लागि कुवेत पुगेकी थिइन्।