काठमाडौं :
नेपालका चर्चित कलाकार उत्तम केसी (चुँई चुँइँ पारेर)गीतसंगीतमा सक्रिय हुन थालेका छन्। शनिबार सिक्किमकी अञ्जना नाल्बो लिम्बूले कलाकार एवं गीतकार केसी नेपालका दुई वटा गीत गाएरकी छन्। सिंगिङ रियालीटी सो ‘याक्थुङ स्टार’ गायन प्रतियोगिताको उपाधि विजेता अञ्जनाले केसीका दुई गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया…’ र ‘विपनीमा टुंगियो माया…’ गाएकी हुन्। यसअघि उनले गायक राजेश पायल राई र शाहील लिम्बुसँग पनि केही दिन अघि गीत रेकर्ड गरेकी थिइन्।
उत्तमको गीतमा वरिष्ठ संगीतकार अष्ट लामा र पुस्कार सुनुवारले संगीत दिएका छन् भने रेकर्डडिष्ट विप्लव अधिकारीले गरेका छन्। मीठो स्वरकी धनी अञ्जनाले केसीका शब्दले आफू प्रभावित भएर गीत गाएको बताइन्। ‘विपनीमा टुंगियो माया…’ यसअघि मेल भर्सनमा राज सिग्देलको स्वरमा रेकर्डिङ भइसकेको छ र अब फिमेल भर्सनमा अञ्जनाको स्वरमा पनि आउने केसीले बताए। बुझिए अनुसार यो फिल्मका लागि रेकर्ड गरिएको गीत हो। तर उत्तमले यसबारेमा जानकारी दिएका छैनन्।
कला क्षेत्रमा आफ्नै उचाइ चुम्नु भएका केसी गीत लेखन र कथा लेखनमा पनि सक्रिय रहदै आएका छन्। उनका यसअघि‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’ जस्ता एक दर्जन जति गीत श्रोता÷दर्शकमाझ रहेका छन् ।