सौगात र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ। छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ। यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत आज सार्वजनिक हुँदैछ। पोस्टर लाइक, लभ रियाक्ट र इमोजी छ, जसले सामाजिक सञ्जालमा भाइरल हुने रहर र यसमा समर्पित हुने मोहलाई दर्शाउँछ।
‘भाइरल गोर्खे’मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। सौगात र सृष्टिमार्फत निगमले पछिल्लो समय नेपालमा विकृतीको रूपमा मौलाउदै गरेको भाईरल प्रवृत्तिलाई व्यंग गर्नेछन्। एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ। अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन्।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो। ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर,द्वन्द निर्देशक श्री श्रेष्ठ,एडिटर बन्देप्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन।