सुचना, समाचार र मनोरन्जन

‘भ्वाइस अफ नेपाल’को रुँदै बाहिरिइन इन्द्रकला

काठमाडौं :

शनिबार भएको ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको प्रतिस्पर्धाबाट इन्द्रकला राई बाहिरिएकी छन्। शनिबार प्रसारित सेमिफाइनलको एपिसोडमा ‘सुनको भाउ छ सुन्तलाकै भारी’को गाउँदै भोटिकका आधारमा बाहिरिएकी हुन्। उनी कोच खेम सेन्चुरी समूहमा रहेकी थिइन्। खेमका तर्फबाट इन्द्रकला र प्रोसेस पाण्डे प्रतिष्पर्धामा रहेका छन्।

Pach Pandav

इन्द्रकलाको भन्दा बढि भोट ल्याएका कारण पाण्डे फिनालेमा प्रवेश गरे। इन्द्रकला राई प्रोफेसनल गायिका हुन्। उनले यसअघि फिल्म ‘बेहुली फ्रम मेघौली’मा समावेश गीत ‘उडायो मन’मा गाएकी थिइन्। त्यस्तै उनका ‘सोल्टीनी हजुर परिचय पाउन’,‘माया मज्जा’को लगायत दर्जनौ गीतमा स्वर दिएकी छन्।

यसअघि टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम राजु लामाबाट प्रमेश राई र टीम मेलिना राईबाट रोशन राई फिनालेमा प्रवेश गरिसकेका छन्। अब भ्वाइसको यस सिजनले ४ जना फाइनलिस्ट प्राप्त गरेको छ। बुझिए अनुसार आगामी शुक्रबार हुने ग्राण्ड फिनालेबाट भ्वाइस अफ नेपाल सिजन ६ले विजेता प्राप्त गर्नेछ। जसका लागि चार जना प्रतिष्पर्धीहरुमध्ये एकजनाले उपाधि जित्नेछन्।

Leave A Reply

Your email address will not be published.