सुचना, समाचार र मनोरन्जन

उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु

 

गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा मङ्गलबार भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

 

मङ्गलबार राति बेत लाहियाकामा इजरायलले प्रहार गर्दा अबु नस्र परिवारको आवासीय भवनको भग्नावशेषमा उनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको  एजेन्सीका प्रवक्ता महमुद बासलले बताए ।

 

हमलामा मृत्यु भएका १५ जनाको शव कमल अदवान अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक हुसाम अबु साफियाले जानकारी दिए । उनले घटनामा ३५ जना घाइते भएको र तीमध्ये अधिकांश बालबालिका रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताए ।

Leave A Reply

Your email address will not be published.