सुचना, समाचार र मनोरन्जन

वाउ फेसन २०२५ ग्रेजुएशन सेरेमनी सम्पन्न

पोखरा,
वाउ फेसन स्कुलले २०२५ को ग्रेजुएशन सेरेमनी सम्पन्न गरेको छ । शुक्रबार २० जना फेशन डिजाईनरहरु लाई सर्टिफिकेट प्रदानगरेको हो । ग्रेजुएट भएपछि अब फेशनको दुनियाँमा प्रवेश गरेर केही गर्न सक्छु भन्ने हौसला प्राप्त भएको प्रशिक्षार्थीले प्रतिक्रिया दिएका छन ।


बाटुली कलेक्सन,गीता ईम्पोरियम तथा अर्गानिक फुट व्याङ्कका प्रोप्राईटर गीता जोशीले आफुले क्रियट गरेको डिजायन सो गर्नको लागि डिजिटल प्लार्टफर्म प्रभावकारी रहेको बताएकी छिन । जोशीले डिजाईन जुनसुकै किसिमको गर्न सकिने बताउँदै आफुमा गर्छु भन्ने आत्माविश्वास र लगनशिलता हुनुपर्ने बताईन ।


वाउ फेसन स्कुलका संचालक रविन गुरुङले प्रमाणपत्र प्राप्त गरेका डिजाईनहरुलाई शुभकामना दिदै सिकेको कुरालाई व्यवहारमा उतार्दै नेपालको फेसन कल्चरलाई नेक्स्ट लेभलमा पुर्यान यहाँहरुको भुमिका महत्वपुर्ण रहने उल्लेख गरेका छन । फेसन स्कुलले फेसन डिजायन सिक्न चाहनेहरुको लागि विश्वासिलो ठाउँ भएको भन्दै फेसनमा रुची हुनुभएका युवाहरुलाई एकपटक वाउ फेसन भिजिट गर्न आग्रह समेत गरेका छन । वाउ फेसन स्कुलले देशभर ६ शाखाहरुबाट सेवा प्रदान गर्दै आएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.