सुचना, समाचार र मनोरन्जन

अमेरिकाबाट आयो ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो

काठमाडौं :

लिम्बु जातीको संस्कार र संस्कृतिमा आधारित पूर्वेली शैलीको गीत ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले यस पुर्वेली गीतलाई युटुबमार्फत रिलिज गरेको हो।

जेपिजे इन्टरटेनमेन्टको लागि किशोर सुब्बा निर्माता रहेको गीतका रचनाकार बिवश वेनाम हुन भने सुनिता थेगिम र मनि ताम्लिङ्गले स्वर भरेका छन्। यसमा संगीत, एरेन्ज पनि मनि ताम्लिङ्गको नै रहेको छ । हेल्लो अमेरिका टिम, न्युयोर्कको प्रस्तुति रहेको लिरिकल भिडियोको सम्पादन ओपेरा ईन्टरटेनमेन्टमा भएको हो।

लिरिकल भिडियो रिलिज संगसंगै यही डिसेम्वर २० तारिक देखि अमेरिकाको न्युयेर्क वरिपरि छायांकन हुने निर्देशक सुब्बाले बताए। उनका अनुसार यो एउटा म्युजिक भिडियोमात्र नभएर लिम्बु जातीको बिभिन्न पर्व समेट्नु पर्ने भएकोले सुटिङ्गको समय बढ्ने छ।
निर्माता समेत रहेको निर्देशक सुब्बाले नेपालको गाउँले युवती र सपनाको शहर अमेरिका बस्ने युवा बीचको प्रेमिल सम्बन्ध र लिम्बु जातीको कला, संस्कृतिमा आधारित रहने ‘युप्पारुङ बाँधेर’को म्युजिक भिडियो तयार पार्न लागिएको बताए।

यस गीतलाई सम्राट कार्कीले खिच्नेछन् भने सम्पादन मन्दिल श्रेष्ठ, कोरियोग्राफी गोबिन्द राईको रहने छ भने परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा स्वयंको रहने छ।
हालै काठमाडौंमा सम्पन्न दोश्रो ओप्सना फिल्म तथा म्युजिक अवार्ड समारोहमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड आफ्नो पक्षमा पार्न सफल निर्देशक किशोर सुब्बाले यसअघि ‘मनै त हो,खुकुरी,माटो, भेडिगोठ,किन माया लाएछ, एउटा कथा, खुर्पा, रेश’ लगायत तीन दर्जन जति सानो ठुलो र विभिन्न भाषाका फिल्म निर्माण निर्देशन गरिेसकेका छन्।

Leave A Reply

Your email address will not be published.