सुचना, समाचार र मनोरन्जन

सुवास नेम्वाङको निधनप्रति राष्ट्रिय युवा संघ नेपाल गण्डकीको श्रद्धाञ्जली

पोखरा ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले दिप प्रज्वलन गर्दै नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ प्रति श्रद्धासुमन व्यक्त गरेको छ । पोखरा चिप्लेढुंगा स्थित मानवअधिकार चोकमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

राजनीतिक व्यक्तित्वमा हुनुपर्ने गुण नेम्वाङमा भएको र नेम्वाङका सपनाहरुलाई साकार बनाउने दिशामा राष्ट्रिय युवा संघ कटिबद्ध भएर लाग्ने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपमहासचिव महेन्द्र गुरुङले बताए । उनले संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको मृत्युले सिङ्गो पार्टी नेकपा एमालेलाई नै क्षति पुगेको उल्लेख गरे । “हाम्रा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ स्वर्गारोहण भइसक्नुभएको छ । यतिबेला हामी दुखद घटनामा छौं । तर पनि हाम्रो काँधमा उहाँले छोडेका थुप्रै छापहरु छन् । जसलाई पछ्याउँदै उहाँका अधुरा सपनाहरु पुरा गर्ने जिम्मेबारी हाम्रो हो ।’, उनले भने ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकीका संयोजक विकास अधिकारीले युवा संघले एक असल अभिभावक गुमाएको बताए । मृदुभाषी, असर र सरल नेता गुमाउनुपर्दा नेकपा एमाले मात्रै नभई सिङ्गो राष्ट्रलाई नै चोट पुगेको उनले उल्लेख गरे । संविधान बनाउँदा सुवास नेम्वाङको भूमिका महत्वपूर्ण रहेको उनले बताए । सामाजिक र राजनीतिक चेत भएका नेताको देहावासनले युवा संघ नेपाल गण्डकी स्तब्ध रहेको भनाई उनको छ ।

कार्यक्रममा गीतसंगीत मार्फत पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो । राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य मंजित क्षेत्री, केन्द्रिय सदस्य सुभाष साप्कोटा लगायत प्रदेश, जिल्ला र महानगर कमिटिका युवा नेताको उपस्थिति रहेको दिपप्रज्वलन कार्यक्रमलाई युवा संघ नेपाल गण्डकीका सचिवालय सदस्य साजन सुवेदीले संचालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.