सुचना, समाचार र मनोरन्जन
Sarangi

अमेरिकाको राष्ट्रपति निर्वाचनले एक महिनापछि सर्यो गोल्डेन नेपाली फिल्म अवार्ड

काठमाडौं :

प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । पहिला नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण एक महिनापछि सारिएको हो। अवार्डका नेपाल संयोजक सुनील कटुवालले शनिबार जारी गरिएको विज्ञप्तीमा अवार्डए एक महिनापछि धकेलिएको उल्लेख छ।

‘अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको’ बिज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरुको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरि अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको जनाईको छ।

अवार्ड मुल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम,४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुने छ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कलासंस्कृति,भेषभेषा झल्कने झाँकीसहित–प्रभातफेरि नेपाल डे परेड आयोजना गरिने छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीहरुसँग मिट एण्ड ग्रिट क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्तीमा उल्लेख छ ।

०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरु समाबेश गरिएको अवार्डमा झण्डै डेढ दर्जन बिधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक बिशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइदैछ अवार्डमा सहभागी हुनका लागि नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्ने छन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ । अवार्डको जुरीमा नेपालबाट  अभिनेता शिब श्रेष्ठ,अभिनेता सुनील थापा,चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,छायाँकार गौरीशंकर धूजु श्रेष्ठ,अभिनेता सुनील कटुवाल र  चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन्। अवार्ड समारोह चर्चित होस्ट नरेश भट्टराईले संचालन गर्ने छन्।

अवार्ड निकै भब्य र ऐतिहासिक रुपमा आयोजना गर्ने तयारी अमेरिकास्थित मुल आयोजक हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया,लाइटे ल अफिस,सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट),राजपुत ग्रुप एलएलसी,पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हवले गरेका छन्। नेपाली कलाकार,चलचित्र तथा नेपाली कलासंस्कृतिको प्रवद्र्धनमा यो अवार्डले अमूल्य टेवा पुर्याउने बिश्वास लिइएको बिज्ञप्तीमा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.