सुचना, समाचार र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’को प्रमोसनमा नहिड्दा प्रकाश सपुतलाई पर्न सक्छ भारी,के होला बसन्त?

काठमाडौं :

फिल्म ‘परदेशी २’बाट अभिनेतामा डेब्यु गरेका चर्चित गायक प्रकाश सपुतको प्रमुख भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको तयारीमा छ ।

Pach Pandav

यो फिल्म प्रदशनमा आउन दश बाँकी रहँदा निर्माण टिमका अन्य सदस्य देश दौडाहामा लागेका छन्। प्रचारप्रसारलाई तिब्रता दिनका लागि पुर्व लागेको यो टिममा यस फिल्मका मुख्य अभिनेता प्रकाश सपुत भने सहभागी भएका छैनन्। उनी यो फिल्मका टे«ेलर रिलिजमा समेत सहभागी भएनन्। मुख्य भुमिकाका अभिनेताले नै फिल्म प्रचारमा चासो नदिएपछि निर्माण टिम रुस्ट बनेका छन्। निर्माणपक्ष र सपुतबीच यतिबेला ठुलै मतभेद देखिन्छ।

निर्माताहरु प्रकाशबाट आफुहरुले सपोर्ट नपाएको र अब उनका बारेमा प्रश्न नगर्न समेत आग्रह गरेका छन्। हिजो काठमाडौंमा पत्रकार सम्मेलनमा फिल्मका निर्माताहरुले उनको बारेमा आफुलाई थाहा नभएको उल्लेख गरेका थिए। निर्माता विनोद पौडेल र प्रकाशबीचको द्धन्द्धले फिल्म प्रमोसनमा समेत असर परेको देखिन्छ। आफ्नो पहिलो फिल्ममा खुबै खटिएका प्रकाश यो फिल्ममा चालचुल देखिएका पनि छैनन्।
अब फिल्म चल्नेबेला हुदा नि प्रमोसनमा ननिस्किने हो भने प्रकाश सपुतलाई अबका निर्माताले फिल्ममा चान्स देलान त? मुख्य कलाकारले नै आफ्नो फिल्मको चासो नदेखाएपछि उनको अभिनय, निर्माण र निर्देशन रहेको फिल्म ‘वसन्त’का बेला महँगो पर्न सक्ला नि हैन र?

यो प्रश्नको जवाफ आफैले खोजेनन् भने र यो फिल्म फ्लप भयो भने प्रकाशको बसन्तलाई मार पर्ने देखिन्छ।  चैतमा रिलिज हुने बसन्तका लागि भए नि यो फिल्मको प्रमोसनमा दौडिएको भए प्रकाशलाई फाइदै थियो। अब यो फिल्मको प्रचारमा नखटिदा कतै फिल्म असफल भयो भने त्यसको भागिदार प्रकाश नै बन्ने निश्चित छैनन र? ख्याल गर्नुहोस है प्रकाश जी? यो फिल्म डुब्यो भने ’वसन्त’लाई धक्का पर्ला नी भन्न बाहेक के पो सकिन्छ र? हैन त।

Leave A Reply

Your email address will not be published.