सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

एक्सन हिरोको उदय : ‘१२ गाउँ’को फर्स्टलुक पोस्टरको चर्चा

काठमाडौं :

नेपाली फिल्म उद्योगमा नयाँ एक्सन हिरोको उदय भएको छ। आइतबार फिल्म ‘१२ गाउँ’को फर्स्टलुक पोस्टरले नयाँ हिरोको उदय भएको आभास दिलाएको छ। अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भइरहेको फिल्ममा उनकै छोरा समीर भट्टले नेपाली रजतपटमा डेव्यु गर्दैछन्। जसको लुक्सले यतिबेला चर्चा बटुली रहेको छ।

आगामी दशैंमा प्रदर्शनमा आउने यस फिल्मको निर्माण घोषणादेखि नै चर्चाको शिखरमा छ । विराजले नेपाली फिल्मको इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी ‘१२ गाउँ’ मार्फत् गरिरहेको आभास पोस्टरमार्फत देख्न सकिन्छ। निर्देशक विराज यो फिल्मलाई अन्तराष्ट्रिय स्तरको निर्माण गरिरहेको दाबी गरेका छन्। त्यसैको लागी नेपाली फिल्मको एक्सनलाई अन्तर्रराष्ट्रिय स्तरमा भारतिय द्धन्द्ध निर्देशक नेपाल झिकाएर काम गरिरहेका छन्। त्यस कारण उनी अन्तराष्ट्रियस्तरमा फिल्म लजाने सोच निर्देशक तथा अभिनेता भट्टको छ ।

sfal

निर्देशक विराजका अनुसार अबको १० दिनमा फिल्मको छायांकन सकिने छ। एउटा एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पुर्ण छायांकन सकिने उनको भनाई छ । नेपाली फिल्ममा रियल एक्सन स्टारका रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताउँछन् । समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यू गरेका हुन्।

समीरले मुम्बईमा किशोर–नमितबाट अभिनय प्रशिक्षण लिएका थिए। यहि फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन्। फिल्ममा निर्देशक आफै अभिनय गर्दैछन्। फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको फिल्म एक्सन–थ्रिलर कथामा बन्न लागेको हो।

तमिल तथा कन्नड फिल्मका द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्। महेश पौडेल छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ । फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.