सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

‘मीराः स्याडो अफ अ रेन्बो’को पहिलो प्रदर्शनी पोखरामा

निर्देशक अनिता पण्डितका अनुसार यी शोहरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर आयोजना गर्न लागिएको हो।

पोखरा /

नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्माण टिमले जानकारी दिएको हो।

निर्देशक अनिता पण्डितका अनुसार यी शोहरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर आयोजना गर्न लागिएको हो। जस अन्तर्गत यही असार २५ गते साँझ ६ बजे पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स (सिनेप्लेक्स) सिनेमा हलमा पहिलो प्रदर्शन हुने भएको छ। पहिलो शो पोखराबाट भएपछि नेपालका विभिन्न सहरहरू तथा नेपाल बाहिर पनि प्रदर्शन गरिने छ।

sfal

सेन्सर बोर्डले पिजी प्रमाणपत्र प्रदान गरेको यस फिल्म अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा रहेको छ भने आध्यात्मिक चिन्तन फिल्मा रहेको छ।

निर्देशक पण्डितले भनिन्,‘एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको छ।अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने विश्वास लिएकी छु।’

यस फिल्ममा अनिता पण्डित, सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो फिल्म निर्माण गरेको हो।

Leave A Reply

Your email address will not be published.