सुचना, समाचार र मनोरन्जन

फिल्म ‘१२ गाउँ’को व्यापारमा छलाङ,२५ करोडभन्दा माथीको व्यापार गरेको निर्माण पक्षको दाबी

काठमाडौँ :

फूलपातीबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले २५ करोड भन्दामाथीको व्यापार गरेको छ। निर्माण टिमले चौथो सातासम्मको कलेक्सन २५ करोड ५ लाख माथिको व्यापार गरेको हो।

Pach Pandav

फिल्मका वितरक कम्पनी काफिया फिल्मसका गोविन्द शाहीले वितरण गरेको यो फिल्म हिजोबाट प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ। अभिनेता विराज भट्टको निर्देशनमा बनेको यो फिल्ममा विराज भट्ट, विराजका छोरा समीर, न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर ९इकु०, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भा लगायतको अभिनय रहेको छ।

विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र नीरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

Leave A Reply

Your email address will not be published.