सुचना, समाचार र मनोरन्जन

पोखरामा मंसिर २ र ३ गते दोस्रो संस्करणको आरयू फेस्ट आयोजना हुँदै

पोखरा,

पोखरामा दोस्रो संस्करणको आरयू फेस्ट (RU FEST – 2nd Edition: Re-Think 2026) आयोजना हुने भएको छ। पोखरालाई हरित, स्वच्छ र दिगो सहरका रूपमा विकास गर्ने उद्देश्यसहित आगामी मंसिर २ र ३ गते पोखरा इभेन्ट सेन्टरमा फेस्ट आयोजना गर्न लागिएको हो।

फोहोरलाई समस्याका रूपमा मात्र नभई सम्भावित स्रोत र आर्थिक अवसरका रूपमा उपयोग गर्ने अवधारणासहित फेस्ट आयोजना गर्न लागिएको हो। यसले पुनः प्रयोग, पुनः प्रशोधन र फोहोरबाट नयाँ वस्तु उत्पादन गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

Pach Pandav

पोखरा महानगरपालिकाको आयोजना कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) तथा यूएनडीपीको सहयोगमा सञ्चालित हरित रोजगारी तथा पुनः प्रयोगसम्बन्धी परियोजनाअन्तर्गत फेस्ट आयोजना हुन लागेको पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्यले जानकारी दिए ।

फेस्टमा विद्यार्थी, युवा उद्यमी, व्यवसायी, सिर्जनशील व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहनेछ। कार्यक्रममा फोहोरको पुनः प्रयोगबाट उत्पादित सामग्रीको प्रदर्शनी, नवीन व्यावसायिक सोच, सिर्जनशील उत्पादन तथा दिगो उद्यमशीलतासम्बन्धी गतिविधिलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

फोहोरलाई मोहोरमा रूपान्तरण गर्दै हरित रोजगारी सिर्जना गर्ने र वातावरणमैत्री जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको आरयू फेस्टले पोखराको चक्रीय अर्थतन्त्र विकासमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.