सुचना, समाचार र मनोरन्जन

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ/

सुन तस्करलाई कारबाहीको माग गर्दै नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । एमालेको अवरोधका कारण बैठक साउन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठकको सुरुमै नेकपा एमालेका सदस्य भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा नाम मुछिएका जोसुकैलाई पनि कारबाही गर्ने सुनिश्चित सरकारले नगरेसम्म बैठक चल्न नदिने बताए । त्यसलगत्तै राष्ट्रिय सभामा एमालेका सदस्यहरु आ-आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।

त्यसपछि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आगामी २२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।

Leave A Reply

Your email address will not be published.