सुचना, समाचार र मनोरन्जन

‘रावायण’मा अनमोल र नीतिको जोडी पक्का

बिहिवार चलचित्रकी निर्माता सुप्रिया कटुवालले नीति अनुबन्धित भएको खुलाएकी छन्।

काठमाडौँ /

अभिनेता अनमोल केसीले अभिनय गर्ने निर्माणाधिन चलचित्र ‘रावायण’मा नीति शाहले अनमोलसँग अभिनय गर्ने भएकी छन्। बिहिवार चलचित्रकी निर्माता सुप्रिया कटुवालले नीति अनुबन्धित भएको खुलाएकी छन्।

नीतिसँगको फोटो शेयर गर्दै कटुवालले अन्य कोहि नायिकासँग रावायण टीमले कुरा सम्म पनि नचलाएको बताउँदै बजारमा अनावश्यक हल्ला चलाइएको कारण नीति अनुबन्धित भएको औपचारिक घोषणा गरेको बताएकी छन्। उनले अनमोलसँगको फोटो पनि शेयर गरेकी छन्।

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन्। शिवम अधिकारीले लेखेको यो चलचित्रमार्फत अनमोलसँग थापाले पहिलो सहकार्य गर्न लागेका हुन्।

Leave A Reply

Your email address will not be published.