सुचना, समाचार र मनोरन्जन

उच्च स्तरीय छानविन समिति गठनकाे माग राख्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं /

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै नेकपा {एमाले}ले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। बिहीबार राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।

सो क्रममा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले सत्यतथ्य छानविनका लागि उच्च स्तरीय समिति बनाएर संसद् राम्रोसँग चल्ने वातावरण बनाउनुपर्ने बताए।

Chaka Panja

सुन तस्करी प्रकरणलाई एमाले टुलुटुलु हेरेर बस्ने पक्षमा नरहेको भन्दै उनले उच्चस्तरीय छानविन समिति नबनाएसम्म कार्यसूचीमा रहेका बिषयलाई अघि नबढाउन आग्रह गरे।

श्रेष्ठले पछिल्लो सुन तस्करी प्रकरणमा देखिएको घटनाक्रम हेर्दा सरकारका रहेका व्यक्तिहरुको संलग्नता र सेटिङ भएको देखिएको आरोप लगाए।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफल र वार्ताबाट यस बिषयमा निकास निकाल्न सम्बन्धीत पक्षलाई आग्रह गरे। उनले सहज रुपमा बैठक सञ्चालन गर्ने वातावरण बनाउन पनि आग्रह गरे।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरुले उठेर विरोध जनाएपछि उनले साउन २२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

Leave A Reply

Your email address will not be published.