सुचना, समाचार र मनोरन्जन
Sarangi

लायन्स क्लब अफ पोखरा ब्युटि सिटिको अवार्ड वितरण कार्यक्रम 

पोखरा/
लायन्स क्लब अफ पोखरा ब्युटि सिटिले वर्ष २०२२ ÷२३ को अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । लायन वर्ष २०२२ ÷२३ अध्यक्ष एवम अहिलेका जोन चेयर पर्सन लायन सवि शेरचनले विभिन्न कार्यक्रममा संयोजकको जिम्मेवारी  लिएर आफ्नो कार्यकाल सफल बनाउने लायन सदस्य र संस्थाका संस्थापक, निर्वतमान अध्यक्ष एवम सल्लाहकार र अतिथिहरुलाई एक कार्यक्रमका बीच अवार्ड एवम मायाको चिनोबाट सम्मान अर्पण गरेका हुन ।
अध्यक्ष सवि शेरचनले आफ्नो कार्यकालमा डिष्ट्रिकमा उत्कृष्ट क्लबको रुपमा परिचित गराउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भुमिका खेल्नुहुने व्यत्तित्वहरुलाई अवार्ड वितरण गर्न पाउँदा खुशी लागेको बताए । “कुनै पनि संस्थाले गति लिन र उद्देश्य हासिल गर्न टिमको साथ आवश्यक पर्छ , मेरो कार्यकाल सम्पन्न गर्न विभिन्न जिम्मेवारी लिएर सफल बनाए । सम्पूर्ण लायन्स साथिहरु प्रति आभारी छु, ।” उनले आफ्नो कार्यकालमा  तीन महिने कम्प्युटर तालिम, हंगर रिलिफ कार्यक्रम, रक्तदान, मधुमेह परिक्षण, नेतृत्व विकास तालिम, वृक्षा रोपण , छात्रवृत्ती  लागि अक्षयकोष स्थापना, शैक्षिक सामग्री वितरण लगायत कामहरु गरेको जानकारी दिए । लायन्सको यात्राले आफुमा समाजसेवा प्रतिको सोचलाई अझ फरालो बनाउन सघाउ पुर्याएको उनको भनाइ छ  ।
अर्वाड वितरण कार्यक्रममा वर्ष २०२२÷२३ का डिष्ट्रिक गर्भनर धुव्र श्रेष्ठले मानव सेवामा समर्पित लायन्स संसारकै पुरानो गरिमामय इतिहास बोकेको सामाजिक संस्था भएको बताए । उनले स्वार्थ भन्दा माथि उठेर समाजसेवामा जुटन लायनवादले प्रेरित लायन सदस्यहरु पछिल्लो समय नेतृत्व व्यक्तित्व विकास एवम सशक्तिकरण हुँदै  अगाडि बढी रहेको बताए । उनले लायन्स क्लबमा कुनै पनि राजनीति रंग र स्वार्थको गन्ध आउन दिन नहुने भन्दै सबैले निस्वार्थ भइ ‘हामी सेवा गर्छौ’ भन्ने भावनाबाट अघि बढ्नु पर्नेमा जोड दिए । लायन्सको उद्देश्यलाई सार्थक पार्न लायन्स क्लब अफ पोखरा ब्युटि सिटि सफल भएको भन्दै उनले आगामी नेतृत्वलाई पनि उदाहरणीय कार्यका लागि शुभकामना दिए ।
तिज फेलोशिप चिफ तथा क्लबका संस्थापक अध्यक्ष चिनु गुरुगं,उत्कृष्ट क्लबको रुपमा चिनाउन सफल भएकोमा अध्यक्ष सवि शेरचनलाई बधाइ ज्ञापन गर्दै सम्मान गरेका थिए । कुनै पनि संस्था जिवन्त रहन नेतृत्वको महत्वपूर्ण भूमिका रहने जनाउँदै शेरचनले आफ्नो कार्यकाल भब्य र सभ्य रुपमा सफल बनाएर आफ्नो नेतृत्व क्षमता प्रस्तुत गर्न सफल भएको बताए ।
कार्यक्रममा डिष्ट्रिक सेक्रटरी मधुसुदन कोइराला, डिष्ट्रिक को चिफ एडभाइजर विमला श्रेष्ठ, मोडल भिलेज चिफ देवकुमारी हिराचन, सिनियर एडभाइजर शिला अधिकारी,लायन वर्ष २२ ÷२३ का जोन चेयर पर्सन महेश श्रेष्ठ लगायतले आफ्नो धारणाहरु राखेका थिए ।
कार्यक्रम वर्ष २०२३ ÷२४ का अध्यक्ष दुर्गा मर्सानीको अध्यक्षता र संचालन क्लबका सचिव राधा श्रेष्ठले गगरेकी थिईन भने झण्डाको अभिवादन द्धितीय उपाध्यक्ष लायन कल्पना सिग्देलले गरेकी थिईन ।
Leave A Reply

Your email address will not be published.