सुचना, समाचार र मनोरन्जन

रास्वपाद्धारा विवादित एम्बुलेन्स फिर्ता

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो।

रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो । लामिछानेको सचिवालयले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो ।

Leave A Reply

Your email address will not be published.