सुचना, समाचार र मनोरन्जन

गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ उपाधि लाक्पा छिरीङ शेर्पालाई

काठमाडौं :

गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्धारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को उपाधि लाक्पा छिरीङ शेर्पाले हात पारेका छन्। आइतबारदेखि सञ्चालन भएको स्नुकर टुर्नामेन्टको खेलमा शेर्पाले प्रथम स्थान हासिल गर्दै उपाधि जितेका हुन्।

त्यस्तै वाङदी शेर्पा र शक्ति राइ द्वितीय र तृतीय स्थान हासिल गरेका थिए। बिजेताहरुलाई आयोजकले क्रमशः २५, १५ र १० हजार सहित शिल्ड र मेडल गरिएको थियो। काठमाडौंको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्ट द्धारा ‘स्नुकर टुर्नामेन्ट टुर्नामेन्ट–२०२३’ आयोजना गरिएको थियो । टुर्नामेन्टमा २८ जना स्नुकर खेलाडीहरुको सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिए।

आयोजक शेर्पाका अनुसार स्नुकर खेलमा नयाँ अनुभव र खेलाडीहरु बीच एकअर्कामा परिचयात्मक गर्ने उद्धेश्यले टुर्नामेन्ट आयोजना गरेको बताए। इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति युवा खेलाडीको अभिरुची बढेको कारणले प्रतियोगिताको आकर्षण बढ्दै गएको उनले बताए।

स्नुकर टुर्नामेन्टमा उत्साहपुर्ण खेलाडीहरुको सहभागिता रहेका थियो । शेर्पाले यो दोस्रो टुर्नामेन्ट भएको र आगामी दिनमा खेललाई निरन्तरता दिने समेत जानकारी दिए। गुटशट स्नुकर केहि वर्ष अधिदेखि व्यवसायिक रुपमा सञ्चालन हुदै आएको छ । स्नुकर प्ले जोनमा खेलसंगै ब्यवस्थित रुपमा होटल पनि सञ्चालनमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.