सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखरामा सोमबार धार्मिक पदयात्रा हुँदै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आउने

पोखरा ।

पोखरामा सोमबार धार्मिक पदयात्रा हुँदैछ । साउन २९ गते सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा उक्त कार्यक्रम हुने भएको हो । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा हुने पदयात्रा गाईघाट देखि केदारेश्वर महादेव मन्दिर सम्म हुनेछ । कार्यक्रमको समय बिहान ७ बजे तय भएको छ ।

IVF Big

कार्यक्रममा सहभागिताका लागि सबै पोखरेलीलाई आह्वाहन गरिएको पुष्पराज पुरुषले जानकारी गराए । सनातन हिन्दुराष्ट्र निर्माणका लागि पदयात्रा मार्फत सहयोग मिल्ने विश्वास उनको छ । ‘धार्मीक असहिष्णुताले हाम्रो देशलाई गिजोलेको छ । पहिचान गुम्ने चिन्ता भयो । सनातन हिन्दुराष्ट्र निर्माण गरी पहिचान जोगाउने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पदयात्रामा सँगसँगै हिड्ने उनले बताए । गाईघाटबाट पदयात्रा सुरु भई केदारेश्वर मन्दिरमा पुगेपछि भने औपचारिक कार्यक्रम गरिनेछ । जहाँ लिङ्देन देशको वर्तमान राजनीतिक अवस्था र धार्मिक अवस्थाका बारेमा बोल्नेछन् ।

Leave A Reply

Your email address will not be published.