काठमाडौं :
कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘माटोको महिमा’को लोकार्पण गरिएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच नारायण आलीको संगीत मदनकृष्ण श्रेष्ठ र अन्जु पन्तको स्वर गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण गरिएको हो।
लामो समयदेखि नेपाली साहित्य र गीत संगीतको क्षेत्रमा कलम चलाउदै आउनु भएकी कवि गीतकार सरला श्रेष्ठले गीत सार्वजनक गर्न पाउँदा निकै खुशी लागेको बताईन् । विदेशमा बसोबास गर्दै आएता पनि नेपाली कला साहित्यमा कलम चलाउदै नेपाली गीतसंगीत र साहित्यको श्रीवृद्धिमा निरन्तर लागि रहेको बताईन् ।
उक्त लोकार्पण कार्यक्रममा गीतकार सरला श्रेष्ठको बुवा सुर्वणजंग श्रेष्ठ आमा तुलसीदेवी श्रेष्ठको प्रमुख आतित्थ रहेको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार विश्व बल्लभ, वरिष्ठ साहित्यकार मन्जुल, कलाकार मदन कृष्ण श्रेष्ठ गायिका अन्जु पन्त संगीतकार किर्ति न्यौपाने लगायतका वक्ताहरुले गीतकार सरला श्रेष्ठको र माटोको महिमा गीतकोबारेमा चर्चा परिचर्चा गरेका थिए ।
गीत अन्जु पन्त अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको माटोको महिमा गीतले प्रत्येक नेपालीलाई आफ्नो माटो्रप्रतिको मायामा समर्पति हुन प्रेरित गर्दछ । कार्यक्रममा माटोको महिमा गीतको भिडियोलाई विषेशरुपमा प्रर्दशन गरिएको थियो । उक्त गीतको भिडियोलाई ओम प्रकाश अवस्थीले सम्पादन र निर्देशन गरेका हुन । कार्यक्रममा विभिन्न गायक गायिकाहरुले गाएको गीतहरु पनि देखाईएको थियो ।
कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल , विश्व वल्लभ मन्जुल वरिष्ठ कलाकार मदनकृण्ण श्रेष्ठ गायिका अन्जु पन्त गायिका जुनु श्रेष्ठ गायक राज सिग्देल गायिका बुनु श्रेष्ठ साउण्ड ईन्जिनियर महेश्वरमान श्रेष्ठ संगीतकर लक्ष्मण पोखरेल मनोज चौलागाई नेपाल गीतकार सघका उपाध्यक्ष रमेश कोईरराला संगीतकार शंकर थापा स्माईल वरिष्ठ गीतकार भरत बम्जन लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।