सुचना, समाचार र मनोरन्जन

सार्वजनिक भएको २४ घण्टामै ‘कबड्डी ५’ को ट्रेलर ट्रेन्डिङ नम्बर १ मा, दर्शकमा उत्साह

काठमाडौं :

फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युबको मुभिज सेक्सनतर्फ ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ। सार्वजनिक भएको २४ घण्टामै ट्रेलरले १० लाख लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । साथै १३ सयभन्दा बढी दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। साथै ट्रेलरलाई २५ हजारले मन पराएका छन्।

ट्रेलरमा दर्शकहरूले विशेषगरी निर्देशक रामबाबु गुरुङको निर्देशन, ‘काजी’ को भूमिकामा पुनः देखिएका अभिनेता दयाहाङ राई र नयाँ पात्रका रूपमा भित्रिएका विपीन कार्कीको अभिनय तथा प्रस्तुतिको उच्च प्रशंसा गरेका छन्। विपिनको नयाँ अवतार र दमदार इन्ट्रीले दर्शकमाझ झन् ठूलो कौतूहल र उत्साह जगाएको छ।

ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र जीवनमा आउने नयाँ उतारचढावलाई रोचक ढङ्गले देखाइएको छ। बेरोजगारीबाट दिक्क भएपछि काजी, बीक र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालनमा ल्याएसँगै कथाले नयाँ मोड लिन्छ।

Chaka Panja

ट्रेलरका मुख्य आकर्षणहरूमा सिर्जना गुरुङको ‘नयाँ मैया’ का रूपमा प्रवेश, ‘शान्ति मिस’ को भूमिकामा मिरुना मगरको झलक र विपिन कार्कीको धमाकेदार इन्ट्री हुन्। हास्य, पारिवारिक उतारचढाव, सम्बन्धका ट्विस्ट र एक्सनको सम्मिश्रण रहेको ट्रेलरले ‘कबड्डी’ शृङ्खलाको मौलिक स्वादसँगै नयाँपनको संकेत गरेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत थुप्रै कलाकारको अभिनय रहेको छ। फिल्ममा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ भने सागर राज कार्यकारी निर्माता हुन्।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो आगामी कार्तिक गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदै छ। साथै फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। यस फिल्मलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले तथा विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.