सुचना, समाचार र मनोरन्जन

सरकारले संविधान दिवस तीन दिन मनाउने

काठमाडौँ/

सरकारले संविधान दिवस तीन दिन मनाउने भएको छ । आज आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका हुन।

Chaka Panja

उनका अनुसार बैठकले असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।

उहाँले भन्नुभयो, ‘असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ । २ गते स्मारिका प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू गर्ने, ३ गते भव्य, वृहत् कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत् कार्यक्रम गर्ने निर्णय भएको छ ।’

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताए ।

Leave A Reply

Your email address will not be published.