सुचना, समाचार र मनोरन्जन

दसैँले बजारमा थप्यो ६३ अर्ब नगद, १३ अर्बको नयाँ नोट

काठमाडौँ,

दसैँको मुखमा मात्रै बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप मुद्रा प्रवाहित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्र सो बराबरको नोट बजारमा थपिएको हो ।

Chaka Panja

भदौसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद बजारमा रहेको थियो । बुधबारसम्म आइपुग्दा यो बढेर ८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । चाडबाड सुरु हुँदै गर्दा यो रकम अझै बढ्न सक्ने सम्भावना राष्ट्र बैंकका अधिकारीहरूको छ । डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको भए तापनि चाडपर्वको समयमा नगदको माग उच्च नै रहेको छ।

यो अवधिमा सर्वसाधारणले नेपाल राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकहरूमार्फत करिब १३ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सफा नोटहरू साटेका छन्। यसमध्ये करिब ३ अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय तथा प्रादेशिक कार्यालयहरूमार्फत साटिएको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूले आफ्ना ग्राहकहरूलाई नोट साट्ने सुविधाका लागि १० अर्ब रुपैयाँ लिएर गएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले असोज १ गतेदेखि ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरू साट्ने सुविधा सुरु गरेको थियो।

Leave A Reply

Your email address will not be published.