सुचना, समाचार र मनोरन्जन

ईन्डियाको लागि वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा बलिउड अभिनेता आयुष्मान खुराना

काठमाडौँ/

 चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले छिमेकी देश भारतमा आफ्नो उत्पादन विस्तारको लागि वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा बलिउड अभिनेता आयुष्मान खुरानालाई नियुक्त गरेको छ ।

आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि अभिनेता खुरानाले नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशि लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’

आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् । यो फिल्म भारतीय बक्सअफिसमा करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ भने नेपालमा समेत सुखद कमाइ गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.