सुचना, समाचार र मनोरन्जन
Sarangi

विश्वकप क्रिकेटका लागि भारतको टिम घोषणा

काठमाडौँ/

भारतीय क्रिकेट बोर्ड बीसीसी आईले घरेलु मैदानमा हुने विश्वकपका लागि टिम घोषणा गरेको छ । भारतले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । हार्दिक पाण्ड्या उपकप्तान छन् ।

एसिया कप खेल्ने टोलीमा श्रीलंकामा रहेका मध्ये तिलक बर्मा, प्रशिद्ध कृष्ण र सन्जु सामसन टिममा छैनन् । सार्दुल ठाकुर र केएल राहुलले टिममा स्थान बनाएका छन् । चोटका कारण केएल राहुल टिममा पर्नेमा शंका थियो ।

खेलाडी चयन समितिका अध्यक्ष अजीत अगरकरले श्रीलंका पुगेर प्रशिक्षक राहुल द्रबिड र कप्तान रोहित शर्मासँग बैठक गरेपछि टिम घोषणा गरिएको हो ।

५ अक्टुबरमा सुरु हुने विश्वकप क्रिकेटको फाइनल खेल १९ नोभेम्बरमा हुने छ । आयोजक भारतले आफ्नो पहिलो खेल ८ अक्टोबरमा अष्ट्रेलियासँग खेल्ने छ।

भारतीय टिमः

रोहित शर्मा९कप्तान०, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसान, केएल राहुल, हार्दिक पाण्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव ।

Leave A Reply

Your email address will not be published.