काठमाडौं,
क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म टर्कीमा आयोजना हुन लागेको कोप ३१ को सम्मेलनमा नेपालको तर्फबाट क्रिएसन नेपालले जिरो वेस्टको शिर्षकमा प्यानल छलफल सन्चालन गर्न लागिएको क्रिएसनका महासचिव रोशना सुवेदीले बताइन् ।
क्रिएसनले ११ नोभेम्बरमा साइडलाइन डिस्कसन गर्न लागिएको उनले बताइन् । उक्त छलफलमा विज्ञहरुले भाग लिने उनले जानकारी गराइन् ।
कोप ३१ ले तय गरेका विभिन्न एजेन्डाहरुमध्ये जिरो वेस्टलाई प्राथमिकताको दोश्रो स्थानमा राखेर फोहोरमैलाले जलवायु परिवर्तनमा पार्ने असरको बिषयलाई जोड दिएका छन् ।
नेपालको पेभेविलयनमा हुने छलफलमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व रहने छ भने फोहोरमैला सफाईकर्मी एलायन्सका प्रतिनिधि, साकेप लगायतका अन्तराष्ट्रिय संस्थाका प्रतिनिधि साथै, चक्रीय अर्थतन्त्र तथा फोहोरमैला व्यवस्थापन क्षेत्रमा कार्यरत विज्ञ तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहनेछ । उक्त संवादलाई क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले सहजकर्ताको भूमिका निर्वाह गर्नेछिन् ।

छलफलमा विशेषगरी शून्य फोहोर र दिगो फोहोर व्यवस्थापनलाई विभिन्न देशका थानीय अभ्यास र नीतिगत अनुभवलाई विश्वसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।
सामुदायिक फोहोरमैला व्यवस्थापन, स्रोतमा फोहोर वर्गीकरण, प्लास्टिक न्यूनीकरण, जैविक फोहोर प्रशोधन, पुनर्चक्रण, चक्रीय अर्थतन्त्र र हरित उद्यमशीलताका विषयमा अन्तर्राष्ट्रिय संवाद गर्नेछ ।
यसपटक नेपालले आफ्नै राष्ट्रिय पेभिलियन मार्फत जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो विकास तथा फोहोर व्यवस्थापनजस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा छलफल र संवाद सञ्चालन गर्ने अवसर प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि हो ।
क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले क्रिएसन नेपालको लागि यो सुनौलो अवसर भएको भन्दै विश्वमञ्चमा जिरो वेस्टको बारेमा छलफल गर्नु ठुलो उपलब्धी भएको बताए ।
कोपको इतिहासमा पहिलो पटक नेपालले आफनै पेभेलियनमा छलफल गर्ने अवसर प्राप्त गरेको छ । उक्त पेभेलियनमा नेपाले जलवायु परिवर्तनका विभिन्न शिर्षकमा छलफल गर्नेछन् ।