सुचना, समाचार र मनोरन्जन
Sarangi

‘लाखे नाच’ प्रदर्शनी यसपटक असोजमा

काठमाडौं :

नेपाल साँस्कृतिक कला मन्दिर मत्छेगाउँको आयोजनामा हुने ‘लाखे नाच’ प्रदर्शनी यसपटक आगामी असोज ५ र ६ गते आयोजना हुने भएको छ। उक्त प्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीका लागि लाखे ल्याइनेछ । चन्द्रागिरि नगरपालिका ९, मच्छेगाउँमा आयोजना हुने यस पटक ४२ समूहले लाखे नाच प्रदर्शन गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको अध्यक्ष शाहीले बताए ।

कार्यक्रमका क्रममा लाखे नाचमा सहभागीहरू लगायत विभिन्न विधामा क्रियाशील ख्याती प्राप्त व्यक्तिहरूलाई सम्मान गरिने बताइएको छ । २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले मौलिक संस्कृति जगेर्ना क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.