सुचना, समाचार र मनोरन्जन

विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न रास्वपाको आग्रह

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरूको पढ्‍न पाउने हक अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । बिहीबार रास्वपाले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको पढ्‍न पाउने हक अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको हो ।

Chaka Panja

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं ।’

साथै विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्ने भन्‍दै शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने नीति रहेको रास्वपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०बारे सरोकारवाला र विज्ञहरुसँग परामर्श गरी रास्वपाले यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.