सुचना, समाचार र मनोरन्जन

दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाइयो, अव २० केजी ल्याउन पाईने

काठमाडौँ/

नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो ।

‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको आपूीर्त सहज बनाउन यस्तो निर्णय गरिएको हो ।’

यद्यपि राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।

Chaka Panja

वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउनेमा २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो ।

कोभिड(१९ महामारी पछि बढेको आयात र रसिया(युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दबाबपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो ।

तर, अब बाह्य क्षेत्र स्थिर बन्दै गएको र सकारलाई पनि आयात संकुचन हुँदा राजस्वमा दबाब बढ्दै गएपछि सरकारले सुन आयातको सीमा बढाउने निर्णय गर्दै कार्यान्वयनका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

Leave A Reply

Your email address will not be published.