सुचना, समाचार र मनोरन्जन
Sarangi

चीनसँग मिलेर बीआरआईलाई अन्तिम रुप दिँदै छौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजना ९बीआरआई० कार्यान्वयनलाई अन्तिम रुप दिने गरी काम गरिरहेको बताएका छन्।

चीन भ्रमणमा रहेका उनले आइतबार नेपाल चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल सन् २०१७ मा बेल्ट एन्ड रोड इनिसिएटिभमा सामेल भएको र अहिले यसको कार्यान्वयन योजनालाई अन्तिम रूप दिने काम गरिरहेको उल्लेख गरेका हुन्।

उनले भने, ‘केही दिनअघि मात्रै नेपालले चीनको बन्दरगाहबाट तेस्रो मुलुकबाट सफलतापूर्वक मालसामान आयात गरेको थियो, यो नेपाल–चीन पारवहन यातायात सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयनमा महत्वपूर्ण कदम हो । चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि निःशुल्क भिसा उपलब्ध गराइएको छ। राष्ट्रपति सी र म हाम्रा दुई देशबीचको आर्थिक सहयोग र साझेदारीलाई सुदृढ पार्ने विषयमा व्यापक सहमतिमा पुगेका छौं। यस भ्रमणमा हामी क्रस बोर्डर कनेक्टिभिटी प्रबर्द्धन गर्ने बारे थप निर्णय लिनेछौं।’

नेपालले चीनका लगानीकर्ता र उद्यमीहरूलाई उपलब्ध गराउने अनौठो अवसरको पूर्ण फाइदा लिन र सन् २०१५ मा खुला भएका नयाँ अवसरहरूबाट फाइदा उठाउन नेपालले सहजीकरण र संरक्षण गर्न हरसम्भव प्रयास गर्ने प्रचण्डले बताए।

Leave A Reply

Your email address will not be published.