सुचना, समाचार र मनोरन्जन
Sarangi

ismt कलेज पोखरामा वि.एच.एम कार्यक्रम सञ्चालनमा

पोखरा/
बेलायतको युनिभर्सिटि अफ सन्र्डल्र्याण्ड बाट सम्बन्धन प्राप्त नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त पोखरा वडा नं. १५ अन्नपूर्ण मार्ग ismt कलेज पोखरा ले २०१८ देखि पोखरामा नै विश्वस्तरिय बेलायतको शिक्षा पढाउँदै आइरहेको यस कलेजले यसै वर्ष देखि वि.एच.एम कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

वि.एस.सी आईटी (कमप्युटर सिस्टम एजुकेसन) र विविए कार्यक्रम सञ्चालन गरिरहेको स्मीथ कलेज पोखराले विश्व बजारमा नै हस्पिटालिटी क्षेत्रका दक्ष कामदारको माग बढ्दै गईरहेको अवस्था र प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको पर्यटकनीय तथा होटल व्यवसायको प्रचुर सम्भावना भएको यस क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई मध्यनजर गदैै यस कलेजले वि.एच.एम कोर्ष सञ्चालनमा ल्याएको हो । स्मीथ कलेज पोखरामा वि.एच.एम अध्ययन गरिसके पछि विद्यार्थीहरु होटल, टुरिजम सेक्टर, एयरलाईन्स लगायत विभिन्न हस्पिटालिटी क्षेत्र तथा कर्पोरेट सेक्टरमा काम गर्न सक्षम भएर निस्कने छन् ।

ismt ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा सोही बेलायतको युनिभर्सिटि अफ सन्र्डल्र्याण्ड सम्बन्धनमा कलेजहरु सञ्चालनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.