सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्यांकन गर्दै किसानलाई राहत दिइने

रसुवा/

वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्यांकन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, रसुवाले किसानलाई राहत दिने भएको छ। यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ। रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भू(भागमा गत महिना जंगली बँदेलले मकैबालीलाई नोक्सानी पुर्‍याएको थियो।

IVF Big

स्थलगतरूपमा क्षतिको मूल्यांकन गराइ रातह प्रदान गरिने निकुञ्जले जनाएको छ। राहतको लागि रसुवाबाट ७०, नुवाकोटबाट ४० र सिन्धुपाल्चोकबाट २० आवेदन परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।

बँदेल, भालु, बाँदरजस्ता जनावरले मकै, कोदो, आलुलगायतका अन्नबाली नोक्सान पुर्‍याउने गरेको छ। राहत वितरणको लागि सरकारले तोकिदिएको मापदण्ड तथा क्षतिको प्रमाणका आधारमा मूल्य निर्धारण गर्दै किसानलाई बैंक खातामार्फत राहत प्रदान गरिने उनले बताए।

गत वर्ष अन्नबाली तथा चौपाय क्षतिको राहतस्वरूप रु १९ लाख ३४ हजार एक सय १७ भुक्तानी भएको निकुञ्ज कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.