सुचना, समाचार र मनोरन्जन

२५० जना नेपाली बोकेर इजरायलबाट उड्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौँ/

नेपालीहरुको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेको छ। २५० जना नेपाली बोकेर विमान इजरायलबाट उडेको हो। परराष्ट्र मन्त्रालयका अनुसार विमान आजै राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

नेपालीहरुको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल गएका छन्। प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ।

Leave A Reply

Your email address will not be published.