सुचना, समाचार र मनोरन्जन

पूजा शर्मा र सुष्मा कार्कीको दुश्मनी सकिएको हो?

काठमाडौं :

लामो समयदेखि अभिनेत्रीद्धय पूजा शर्मा र सुष्मा कार्कीबीचको द्धन्द्धले राम्ररी नै चर्चा कमाउने गरेको छ।उनीहरुबीच दुश्मनीको विषयमा सामाजिक सञ्जालदेखि युटुबमा समेत आक्रामक बनेका भिडियोहरु प्रशस्तै रहेका छन्।

तर,उनीहरु अभिनेत्री तथा निर्मात्री रेखा थापाको फिल्म ‘उपहार’मासँगै भेटिएका छन्। बिहिबार बेलुकी सुष्मा कार्कीले सामाजिक संजालमा २ वटा भिडियो पोष्ट गरेकी थिइन्। जहाँ पूजा शर्मा पनि रहेकी छन्। रेखा थापा, पूजा शर्मा र बेनिशा हमाललाई सँगै भिडियोमा देख्न सकिन्छ। यो भिडियो हेरेपछि सुष्मा र पूजाबीचको सम्बन्धमा सुधार आएको हो की भन्ने अनुमान लगाउन सकिन्छ।

उनीहरुले आधिकारिक रुपमा नभने पनि सुष्माले पूजा सहितको भिडियो पोष्ट गरेपछि उनीहरु मिलेको अनुमान गरिएको हो। तर, यस बारेमा दुवै अभिनेत्री भने बोलेका छैनन्।

Leave A Reply

Your email address will not be published.