सुचना, समाचार र मनोरन्जन

‘कस्तो थिए कस्तो भए हेर मलाई’पछि बबिताको ‘मेरा बाजे अच्छा लवर थे’

काठमाडौं :

‘कस्तो थिए कस्तो भए हेर मलाई’, ‘सपना पूरा हुदैँन भन्छन्’ र ‘पिर पर्छ मन भरीको’ अपार सफलतापछि बबिता श्रेष्ठ निर्देशित अको म्युजिक भिडियो रिलिज भएको छ।

Chaka Panja

प्रताप दास र कल्पना श्रेष्ठको स्वरमा दीपक शर्माको सगीत, दिनेश सुवेदीको शब्द, शाहस शाक्यको एरेन्ज रहेको गीत‘मेरा बाजे अच्छा लवर थे’को भिडियो सार्वजनिक भएको हो। गीतलाई प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको हो।

दुर्गेश थापा, एलिशा वास्तोला एरके ताम्राकार लगायतको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायांकन, मौसम हिमालीको नृत्य निर्देशक र कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडियोका निर्माता राजेन्द्र पुरी हुन् ।

Leave A Reply

Your email address will not be published.