सुचना, समाचार र मनोरन्जन

राजेशको डान्सलाई खिल्ली उडाउदै अभिनेत्री उषा रजकले भनिन्,‘ओभर एक्टर’

काठमाडौं :

पछिल्लो समय विवादित अभिव्यक्ती दिदै आएकी अभिनेत्री उषा रजकले फेरि राजेश हमालको बारेमा विवादित भनाई राखेकी छन्। १७ बर्ष अगाडि आफूलाई हटाएर अनुप बरालले दिया मास्केलाई फिल्म ‘कागबेनी’मा लिएको भन्ने अभिव्यक्तीको दिएकी थिइन्। सोही चर्चा सेलाउन नपाउँदै उनले अभिनेता ‘राजेश हमाललाई ओभर एक्टर’ को अभिव्यक्ती दिएकी छन।

कमेडियन विक्की अग्रवालको टेलिभिजन शो ‘आम्मा कसम यहाँ दुख्छ २’मा पुगेकी उषाले राजेश हमालको बारेमा दिएको अभिव्यक्तीले चर्चा पाएको छ। यो एउटा क्लिप्स भाइरल भइरहेको छ । उनले राजेश हमालको अभिनयमा प्रश्न मात्रै उठाएकी छैनन्। उनले उनको नृत्यमा समेत खिल्ली उडाएकी छन्। राजेश हमालको अभिनय त्यस्तो केही स्पेशल नभए र उनको नृत्य त सबैले देखेकै छन् भन्दै खिल्ली उडाएकी हुन् ।

Leave A Reply

Your email address will not be published.