सुचना, समाचार र मनोरन्जन
IVF New Banner

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ/

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन। शुक्रवार दोस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा गृहमन्त्री श्रेष्ठले व्यापार घाटा कम गर्नका निम्ति देशको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताए । उनले देशमा उत्पादन भएका वस्तुहरू निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे। आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै उहाँले तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताए ।

Safal
IVF Post

उनले भने, ‘व्यापार घाटालाई कमी गर्नका निम्ति देशको उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ । देशको उत्पादन निर्यात नगरेर कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन । देशको व्यापार घाटा कम गर्नलाई आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न सक्नुपर्छ । तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुनेवाला छैन । अहिले हामीसँग जे छ, त्यो निर्यात गर्न सक्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले विकासका निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले ह्यान्डीक्याप र सर्भिस सेक्टरु बाट पनि नेपालले व्यापार घाटा कम सक्ने बताए ।

Leave A Reply

Your email address will not be published.