सुचना, समाचार र मनोरन्जन

कलाकार हेरफेर गर्दैै ‘द मोष्ट वान्टेड २’को घोषणा

काठमाडौं :

उत्तरगया फिल्मस्को ब्यानरमा आज भन्दा १५ वर्ष पहिले दिनेश पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘द मोष्ट वान्टेड’ को सिक्वेल ‘द मोष्ट वान्टेड २’ बन्ने भएको छ । निर्माण टिमले फिल्म निर्माणको घोषणा गरेको हो। निर्माण टिमले निर्देशन र कलाकारको छनोट भने सार्वजनिक गरेको छैन्।

Protin

यस अघि ‘द मोष्ट वान्टेड’मा निखिल उप्रेती राजेश ढुंगाना, रमित ढुंगाना, मदनदास श्रेष्ठ, तेजुला खतिवडा, जानु अर्याल, उमेश खड्का, रेजिना उप्रेती, सुशिल पोखरेल, मोहमुद आलम, रामभक्त श्रेष्ठ, अशोक वस्तेन लगायतका कलाकारले अभिनय गरेका थिए भने ‘द मोष्ट वान्टेड २’मा धेरैजसो कलाकार हेरफेर हुने निर्माणपक्षले बताएको छन् ।

फिल्मको सम्पुर्ण गीत बिबेक दोङ्ग, बबि सुब्बा आदिको स्वरमा रेकर्डिङ भैसकेको समेत निर्माण टिमले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.