पोखरा /
नेपाली युवा उधमि मञ्च पोखराले भूकम्पद्वारा प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जिल्लाको लागि २ लाख सहयोग गरेको छ ।
मञ्चले प्रभावित क्षेत्रका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्राराज पाण्डेलाई नगद रु २ लाखको चेक प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो ।
नेपाल सरकारद्वारा राहत सहयोगको लागी एकद्वार प्रणालि सिस्टम लागु गरे संगै मञ्चले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन के.सीले जानकारी दिए ।
सरकारद्वारा राहत सहयोगको लागी लागु गरिएको एकद्वार प्रणालिको प्रशंसा गर्दै सरकारले पनि भुकम्प पिडितहरुको लागी तिब्र र तदारुकताका साथ राहत सामाग्री व्यवस्थापन गर्ने अपेक्षा व्यक्त गरेको के.सीले बताए ।