काठमाडौँ/
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु तिहार तथा छठ बिदामा पनि खुल्ने भएका छन् । सार्वजनिक बिदाको बेला बिहान ११।०० बजेदेखि दिउँसो २।०० बजेसम्म आयोग खुला रहने भएको हो ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने जनाइएको छ ।