सुचना, समाचार र मनोरन्जन

कन्चन र रेखाको ‘यो मौसम बैमानी’ सार्वजनिक

धरान :

४ वर्ष अघि रिलिज भएको गीत ‘चिसो चिसो छ यो मौसम’को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ‘ चिसो चिसो छ यो मौसम’को दोस्रो भाग दर्शकमाझ लिएका आएका छन्। उनले यो गीतको भिडियो सहित दर्शकमाझ आएका हुन्।

गायक थलङकै शब्द, संगीत , स्वर संगै अभिनय समेत रहेको गीतको म्युजिक भिडियो गत मङ्गलबार धरानको फ्रेन्ड्स सिनेमा हलमा एक भव् कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

Pach Pandav

उनलाई म्युजिक भिडियोमा नायिका रेखा लिम्बुले साथ दिएका छन्। सार्वजनिक भएको छोटो समयमा यो गीत टिकटकमा समेत भाईरल बन्दैछ भने युटयुब भ्युज समेत राम्रै पाइरहेको छ। सन्जिब सुब्बाको संगीत संयोजन , अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन रहेको म्युजिक भिडियो सान थापाको निर्देशनमा निर्माण भएको हो।

यसअघि ‘चिसो चिसो छ यो मौसम’ कन्चन थलंग र मेलिना राईको स्वरमा मेल र फिमेल भर्सनमा ल्याईएको थियो र दुवै भर्सन दर्शक( श्रोताहरु द्वारा रुचाईएको थियो। दोस्रो भागमा भने मेलिना राईको स्वरमा केहि समयपछि आउने गायक तथा संगीतकार कन्चन थलंगले बताए। म्युजिक भिडियो उनकै अफिसियल च्यानलमा रहेको छ।

Leave A Reply

Your email address will not be published.